Listen LIVE

अम्बानीको विवाहमा जस्टिन बिबरको महंगो प्रस्तुति, लिए ८३ करोड भारु पारिश्रमिक

काठमाण्डौ : क्यानडेली गायक जस्टिन बिबरले हालैको आफ्नो भारत भ्रमणमा निकै रमाइलो गरेको देखिन्छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको संगीत समारोहमा उनले आफ्ना हिट गीतमा प्रस्तुति दिए ।

इन्स्टाग्राम पोस्टबाट बिबरले अम्बानीको विवाह समारोहका रमाइला भिडियो र तस्वीर पोस्ट गरेका छन् । उनले अम्बानीको परिवारसँगका क्याजुअल तस्वीरहरु पनि पोस्ट गरेका छन् ।

मुम्बईको नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा भएको सांस्कृतिक प्रस्तुतिमा उनलाई सुन्न बलिउड सेलिब्रटी पनि पुगेका थिए । उनले आफ्ना लागि अम्बानी परिवारले उपलब्ध गराएको विलासी गाडीको पनि फोटो सेयर गरेका छन् ।

प्रतिक्रिया