Listen LIVE

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया : बर्दियामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २९ वर्षीय कर्णबहादुर मगर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बढैयाताल गाउँपालिका–१ शान्तिपुरबाट मगरलाई पक्राउ गरिएको हो । उनीविरुद्ध २०७८ सालमा जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएदेखि नै उनी फरार रहेको प्रहरीले जनाएको छ ।

फरार रहेका मगरको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया