Listen LIVE

फिल्म ‘सोल्टिनी’को टिजर : जातीय समानताको कथा

काठमाण्डौ : प्रकाश सपुत र परीक्षा लिम्बुको शीर्ष भूमिका रहेको फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको छ ।

तिहारको भाइटीका अवसरमा ६ कात्तिकमा प्रदर्शन हुने फिल्मको टिजरमा अन्तर्जातीय प्रेम, यथार्थ र सामाजिक चुनौतीलाई देखाइएको छ ।

टिजरले फिल्मको कथावस्तु, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणलाई दर्शाउँछ । पूर्वीय नेपालको राई समाज र परिवेशमा छायांकन गरिएको फिल्मको केन्द्रीय कथामा अन्तर्जातीय प्रेमकथा समेटिएको छ ।

अर्जुन सुवेदी निर्देशित फिल्ममा विल्सनविक्रम राई, विक्रम राई, सब्बु गुरुङ, रविन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडाको पनि अभिनय छ ।

फिल्मलाई इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायांकन गरिएको हो ।

फिल्मले समाजमा विद्यमान असमानता र जातीय भेदभावकाविरुद्ध आवाज उठाउने सन्देश समेटिएको निर्देशक सुवेदीले बताए । दुई प्रमुख पात्रबीचको प्रेमकथा यसकै मुख्य आकर्षण रहेको बताइएको छ ।

फिल्मलाई रेजिना बिष्ट र संसार चौलागाईंले निर्माण गरेका हुन् । सह–निर्मातामा रोशन चौलागाईं वसन्त कटुवाल र सुजन अधिकारी छन् ।

प्रतिक्रिया