काठमाण्डौ : ७ वर्षपछि पूर्वमिस्टर नेपाल तथा अभिनेता जीवन लुइँटेल अभिनयमा फर्किने संघारमा छन् । साउन ८ गतेदेखि उनको औपचारिक पुनरागमन हुँदैछ एक्टिङमा ।
उक्त दिन कान्तिपुर थिएटरले पारिजातको चर्चित नाटक ‘शिरिषको फूल’लाई नाटकको रुपमा मंचन गर्दैछ । यो नाटकको शीर्षमध्येको भूमिका सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्दैछन् ।
यद्यपि, उनको फिल्मी कमब्याक भने तय भैसकेको छैन । सबै कुरा योजनाअनुसार अघि बढेमा, जीवनले ‘नाईं नभन्नू ल ७’बाट अभिनयमा पुनरागमन गर्ने पक्कापक्कीजस्तै छ । यसबारे निर्देशक विकास आचार्य र अभिनेता लुइँटेलबीच धेरै कुरा अघि बढिसकेको छ ।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका जीवन निकट भविष्यमा पनि अभिनयलाई निरन्तरता दिने पक्षमा छन् । हालैको एक अपरान्ह अनलाइनखबरको स्टुडियोमा जीवनले साहित्य, अभिनय र चलचित्रबारे कुराकानी गरे ।
सो अवसरमा उनले फोटोसुट पनि गरे । ‘टल एण्ड ह्यान्डसम’ उनी सँधैझैं स्टाइलिस देखिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार