काठमाण्डौ : इंग्ल्यान्डविरुद्धको ५ खेलको एकदिवसीय अन्तिर्राष्ट्रिय सिरिज अस्ट्रेलियाले जितेको छ।
अस्ट्रेलियाले इंग्ल्यान्डलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो। सिरिजका सुरुवाती २ खेल जितेको अस्ट्रेलियाविरुद्ध घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो र चौथो खेल जितेपनि अन्तिम तथा निर्णायक खेलमा वर्षा बाधक हुँदा हारको सानमा गर्नु पर्यो। पाँचौं ओडीआईमा अस्ट्रेलियाले इंग्ल्यानलाई डिएलएस पद्धतिमा ४९ रनले हराएको हो।
काउन्टी ग्राउन्डमा अस्ट्रेलियाले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको इङ्ल्यान्डले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो।
उसका ओपनर बेन डकेटले १ सय ७ रनको शतकीय इनिङ खेले। कप्तान हृयारि ब्रुकले ७२ रन बनाए। अस्ट्रेलियाका ट्राभिस हेडले ४ विकेट लिए।
जवाफमा ३ सय १० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ब्याटिङ गर्ने क्रममा भारी वर्षा भयो। २० ओभर ४ बलमा २ विकेट गुमाएर १ सय ६५ रन बनाउँदा भारी वर्षाका कारण खेल रोकिएको थियो। वर्षा नरोकिएपछि अस्ट्रेलिया डिएलएस पद्दतीमा विजयी भयो।
खेल रोकिनु अघि ओपनर म्याथ्यु शर्टले ५८ तथा अर्का ओपनर ट्राभिस हेडले ३१ रन जोडेका थिए। स्टिभ स्मिथ ३६ तथा जोस इङ्ग्लिस २८ रनमा नट आउट थिए।