Listen LIVE

जेन्जी शहिदको सम्झनामा यु–२० फुटबल प्रतियोगिता हुने

नेपालगञ्ज : जेन्जी सहिद ईन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सम्झनामा नेपालगञ्जमा यु–२० फुटबल प्रतियोगिता हुने भएको छ ।

धम्बोझी क्लवको आयोजनामा प्रतियोगिता जेठ १४ गतेदेखि सुरु हुने भएको हो । भदौ २३ गतेको जेन्जी विद्रोहमा सुरक्षाकर्मीको गोली लागेर नेपालगन्जको धम्बोझीका श्रेष्ठ र थापाको मृत्यु भएको थियो ।

धम्बोझीकै एन्फा मैदानमा ५१ हजार राशीको यु–२० नाइन साइड फुटबल प्रतियोगिता हुन थालेको हो ।

क्लवका अध्यक्ष तारामान कुँवरले दुई जना जेन्जी सहिदको सम्झनामा प्रतियोगिता गर्न थालेको बताए ।

प्रतियोगितामा द्वितीय हुनेलाई ३१ हजार पुरस्कार राखिएको छ ।

धम्बोझी क्लव बाँकेको पुरानोमध्येको क्लवको हो । यो धेरैपटक जिल्ला र प्रदेश च्याम्पियन भइसकेको छ ।

प्रतिक्रिया