काठमाण्डौ : भारतको गोवामा भएको भागदौडमा परेर ६ जनाको मृत्यु हुँदा दर्जनौं बढी घाइते भएका छन् । जसमा २० जनाको अवस्था गम्भीर रहेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
उत्तर गोवास्थित शिरगाउँमा रहेको श्री लैराई जात्राका गए राति भएको भागदौडमा ६ जनाको मृत्यु भएको बताइएको छ। भागदौडमा दर्जनौं बढी घाइते भएका छन्, जसमध्ये २० जनाको अवस्था गम्भीर रहेको गोवा प्रहरीले जनाएको छ।
घाइतेहरुको गोवा मेडिकल केलेज र गोवा सरकारी अस्पतालमा उपचार जारी रहेको र मृतकको संख्या बढन सक्ने बताइएको छ।
ठुलो संख्यामा उपस्थित भएका भक्तजनमा एक्कासी भागदौड मच्चिदा दुर्घटना भएको गोवा प्रहरीले बताएको छ।
2025-05-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार