गुल्मी : सामाजिक सुरक्षा कोष र गुल्मीको धुर्कोट गाउँपालिकाबीच कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित् गरेको छ ।
धुर्कोट गाउँपालिकाले प्रारम्भिक चरणमा करारका कर्मचारी, नगर प्रहरी, विद्यालय कर्मचारी तथा बालविकास सहयोगीलाई कोषमा आबद्ध गर्ने र विस्तारै कृषक तथा उद्यमीलाई पनि योजनामा जोड्ने गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए ।
समझदारीपत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले हस्ताक्षर गरेका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रस्तावनाअनुसार श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ कोषले काम गरिरहेको छ ।
कोषले प्रारम्भमा औपचारिक क्षेत्रका निजी सङ्गठित संस्थाबाट योजना लागू गरेको थियो। बिस्तारै वैदेशिक रोजगार क्षेत्र हुँदै अनौपचारिक तथा स्वरोजगार क्षेत्रसम्म विस्तार गरिएको र २०८२ वैशाख १ गतेदेखि सार्वजनिक क्षेत्रमा समेत अनिवार्य गरिएको कोषका कार्यकारी निर्देशक अधिकारीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार