काठमाण्डौ : एएफसी यु–२० एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली चाइनिज ताइपेइको सामना गर्दैछ ।
समूह बी मा रहेको नेपाल र चाइनिज ताइपेइबीचको खेल नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटी स्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ ।
पहिलो खेलमा पराजित भएका नेपाल र चाइनिज ताइपेइ दुवै पहिलो जितको खोजीमा छन् ।
पहिलो खेलमा नेपाल कम्बोडियासँग ४–१ ले पराजित भएको थियो । यस्तै घरेलु टोली चाइनिज ताइपेइ बहराइनसँग १–० ले पराजित भएको थियो ।
छनोट चरण पार गर्ने लक्ष्य राखेको नेपालको लागि पहिलो खेलमा पराजित भएपछि चुनौती थपिएको छ । नेपालले बलियो टोलीहरुसँग खेल्न बाँकी नै छ ।
2024-09-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार