काठमाण्डौ : प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा ‘मञ्जुरी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरियो ।
यो गीतलाई युट्युवमा ओएसआर डिजिटलको च्यानलमार्फत हेर्न सकिनेछ । फिल्मको महत्वपूर्ण अंशमा रहेको गीतले वर्षा र अमरको प्रेम अंकुरणदेखिको यात्रालाई चर्चा गरेको छ ।
एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको गीतको संगीत एसडीले गरेका हुन् । राम अविरल बिष्टले शब्द रचना गरेका छन् । संगीत निर्माता रिकेश गुरुङ हुन् ।
पत्रकार सम्मेलनमा डेब्यु एक्टर श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे । ‘यो मेरो पहिलो प्रयास हो । मलाई यहाँहरूको साथको जरुरत छ’ उनले भने ।
2024-07-09