काठमाण्डौ : दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा एकपछि अर्को व्यवसायिक कीर्तिमान रचिरहेको छ । यो फिल्म सर्वकालिन आठौं धेरै कमाउने नेपाली फिल्म बनेको छ ।
प्रदर्शनको २७ औं दिन बुधबारसम्म सिनेपाः बक्सअफिसमा यसले १५ करोड ३२ लाख नेरु ग्रस कमाएको छ ।
नीर शाह स्टारर फिल्मले ‘छक्कापञ्जा ५, छक्कापञ्जा २ र ‘कोहिनूर’ को कमाइलाई उछिनेको छ । कमाइमा उछिनेसँगै ‘परान’ धेरै कमाउने नेपाली फिल्मको सूचीमा ८ औं स्थानमा उभिएको हो ।
कमाइको यो गति कायम रहे फिल्मले पाँचौ सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को कमाइलाई उछिन्ने प्रक्षेपण गरिएको छ । यी दुई फिल्मसँग ‘परान’को व्यवसायिक दूरी त्यति टाढा छैन ।
2025-11-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार