नेपालगञ्ज : राप्ती सोनारी गाउँपालिका–९, ढकेरीमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
इन्टरनेशनल नेपाल फेलोसिप (नेपाल) को आयोजनामा सम्पन्न कार्यक्रममा वडा कार्यालय तथा स्थानीय निकायका प्रतिनिधि, विद्यार्थी, सुरक्षाकर्मी, महिला दिदीबहिनी लगायत स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत सचेतनामूलक जुलुस तथा सडक नाटक प्रदर्शन गरिएको थियो। सहभागीहरूले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर र्याली निकालेका थिए। सडक नाटकमार्फत मानव बेचबिखनका कारण, जोखिम, त्यसबाट बच्ने उपाय तथा पीडितको संरक्षणबारे जनचेतना फैलाइएको थियो।
कार्यक्रममा मानव बेचबिखन रोकथामका लागि समुदाय, विद्यालय, सुरक्षा निकाय, स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
आयोजकका अनुसार प्रविधिको दुरुपयोग, सामाजिक सञ्जालमार्फत हुने प्रलोभन तथा रोजगारीका नाममा हुने मानव तस्करीप्रति विशेष रूपमा सचेत रहनुपर्ने आवश्यकता रहेको छ। स्थानीयस्तरमै निरन्तर सचेतनामूलक अभियान सञ्चालन गर्न सके मानव बेचबिखन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने सहभागीहरूको भनाइ थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार