Listen LIVE

राप्तीसोनारीमा अध्यक्ष क्रिकेट कप हुने

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारीमा प्रथम गाउँपालिका अध्यक्ष क्रिकेट कप हुने भएको छ । राप्ती सोनारी–७ स्थित राप्ती युवा क्लवले उक्त प्रतियोगिता आयोजना गर्ने भएको हो । आगामी फागुन १ गतेदेखि १० गतेसम्म राप्ती सोनारी गाउँपालिका प्रथम अध्यक्ष क्रिकेट कप सुरु हुने क्लवका अध्यक्ष मनोज पाण्डेले जानकारी दिए ।

प्रतियोगिताका लागि यही माघ २८ गतेसम्म टिम दर्ता गर्ने समय निर्धारण गरिएको छ । यसका लागि ५ हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगिता लालपुर मैदानमा सञ्चालन हुनेछ । आयोजकका अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगिताको आर्थिक सहयोग राप्तीसोनारी गाउँपालिकाले गरेको राप्ती युवा क्लबले जानकारी दिएको छ ।

राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको क्रिकेट कपको तयारी भइरहेको प्रतियोगिता संयोजक दिपेन्द्रकुमार पाण्डे (दिपु) ले जानकारी दिए ।

प्रतिक्रिया