काठमाण्डौ : नेपाली फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
राष्ट्रिय फुटबल टिमले आगामी भदौमा मैत्रीपूर्ण खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
अहिले नेपाली फुटबल टिमले एएफसी एसियन कपको छनोट खेलिरहेको छ। नेपाल छनोटका यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । नेपालले अब एसियन कप २०२७ तेस्रो चरणको छनोटमा भियतनामसँग खेल्ने तालिका छ । नेपालले असोज २३ गते भियतनामसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ।
छनोटमा भियतनामसँगको खेलको तयारीका लागि नेपालले भदौ २१ र २४ गते बंगलादेशसँग खेल्न लागेको हो। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार फिफा विन्डोमा हुने दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन्। नेपाली टिमले लामो समयपछि रंगशालामा खेल्न लागेको हो। यसअघि मलेसियासँग खेल्नुपर्ने घरेलु खेल समेत अवे मैदानमा खेल्नु परेको थियो।
नेपाल एसियन कप छनोटको समूह एफ मा छ। यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन्। समूह चरणका दुई खेल खेलेको नेपालले मलेसिया र लाओससँग हार बेहोरेको छ। नेपाल मलेसियासँग २–० र लाओससँग २१ ले पराजित भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार