Listen LIVE

प्रदीप र स्वस्तिमाको नयाँ फोटोले सम्भावित सहकार्यबारे के संकेत गर्छ ?

काठमाण्डौ : कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्का मिल्ने साथी पनि हुन् । ‘प्रेमगीत २’को चर्चित गीत ‘मोटरसाइकल’मा यी दुईले सहकार्य गरेका थिए ।

त्यसयता फिल्म र गीतमा यी दुईजनाको सहकार्य जुरिरहेको छैन । दर्शक यी दुईलाई एकसाथ हेर्न पनि चाहन्छन् । यो समय कहिले आउँछ निधो छैन तर, हालै यी दुई एकसाथ देखिएका छन् ।

स्वस्तिमा र प्रदीप दुवैले सामाजिक संजालमा फोटो सेयर गर्दै लेखेका छन्, ‘अहिलेसम्म सहकार्य त भैसकेको छैन तर, यो टिजर मात्र हुनसक्छ ।’

उनीहरूको व्यवसायिक उत्पादनको सहकार्यमा भने पहिल्यैदेखि छन् । दुवैजना टीभीएस स्कुटरका व्यवसायिक दूत हुन् । केही दिनअघि टीभीएस स्कुटरले जुपिटर ब्राण्डको नयाँ स्कुटर लन्च गरेको थियो ।

प्रतिक्रिया