Listen LIVE

सिसनले घोषणा गरे फिल्म कम्पनी, जाडोयाममा अर्को फिल्म बनाउने

काठमाण्डौ : सिसन बानियाँले स्वतन्त्र भ्लगरको रुपमा वर्षौं बिताए । युट्युब सामग्रीको रुपमा उनले दर्शकमाझ सिर्जना पस्किरहेका छन् । यतिबेला भने उनले फिल्म निर्माण कम्पनीको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालबाट उनले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’को घोषणा गरेका छन् । ‘फ्रिलान्सरको रुपमा वर्षौं बिताएपछि लगभग एक दशक युट्युब सामग्री, निर्माता, यात्रा भ्लगरको रूपमा काम गरें,’ सिसनले लेखेका छन्, ‘मलाई लाग्छ यो समय अब मेरो जीवनको सबैभन्दा ठूलो सपनातर्फ कदम चाल्ने समय हो । तपाईंहरु सबैसामु प्रस्तुत गर्छु– रेनवेभ पिक्चर्स ।’

सिसन सहनिर्माता रहेको फिल्म ‘होलटाइमर’ यतिबेला पोस्ट–प्रोडक्सनमा छ । प्रवीण टक्की कार्कीसँग मिलेर उनले बनाएको यो फिल्मलाई पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेका छन् । महोत्सवपछि हलमा रिलिजको तयारी छ ।

यो कम्पनी पटकथा लेखक, छायाकार, अभिनेता, निर्देशक, निर्माताजस्ता महत्वाकांक्षी फिल्ममेकरलाई एकठाउँमा ल्याउने प्लाटफर्मको रुपमा रहने सिसनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया