Listen LIVE

कोहलपुरमा हस्तलेखन प्रतियोगिता सम्पन्न

नेपालगञ्ज : कोहलपुर नगरपालिकाको क्यालेण्डर २०८३ अनुसार आयोजित हस्तलेखन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा नगरभित्रका ३६ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ग्रिनपिस माध्यमिक विद्यालय, कोहलपुर–१२ चप्परगौडीका दिनेश कैला प्रथम स्थान हासिल गर्न सफल भए । त्यसैगरी गोल्डेन फ्युचर एकेडेमी, कोहलपुर–१२ चप्परगौडीकी लक्ष्मी गौतम दोस्रो तथा बागेश्वरी एकेडेमी, कोहलपुर–१०का सन्दीप थापातेस्रो स्थान प्राप्त गर्न सफल भए ।

यस्तै, जीवनज्योति माध्यमिक विद्यालय, कोहलपुर–१० की कृतिका रावतले सान्त्वना स्थान हासिल गरिन् ।

प्रतियोगिताको आयोजना कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाले गरेको थियो भने कार्यक्रमको सहजीकरण बागेश्वरी एकेडेमीले गरेको थियो ।

प्रतियोगितामार्फत विद्यार्थीहरूमा सुन्दर हस्तलेखनप्रति रुचि बढाउने, लेखन सीपको विकास गर्ने तथा सिर्जनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया